आजदेखि मौसम बदलीको सम्भावना: पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

दार्चुला । आजदेखि मौसम पुनः बदलीको सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसहित केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज र भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँमा तथा बाँकी प्रदेशको पहाडी भागका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराइ भागको एकरदुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार यसअघिको जस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन । तर पनि कृषि, पर्यटन, पर्वतारोहणलगायत स्वास्थ्यमा केही असर पर्न सक्ने भएकोले मौसमी जानकारी लिन उहाँको आग्रह छ । पश्चिमी वायुको प्रभाव काठमाण्डौ उपत्यकामा पनि देखिने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?