काभा महिला १९ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई हरायो

दार्चुला | नेपाली टोलीले श्रीलङ्कामा चलिरहेको काभा महिला १९ वर्ष मुनिको च्याम्पियनसिपमा घरेलु टोलीलाई हराएको छ । नेपालले श्रीलङ्कालाई ३–१ ले हराएको थियो ।

नेपाल २५–१८,२६–२४,१९–२५,२५–२० ले विजयी भएको हो । नेपाल आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो । कीर्गिस्तान २२–२५,२५–१४,१८–२५,२५–२२,१५–९ विजयी भएको थियो ।

च्याम्पियनसिपमा ४ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?