पुरुष टी–२० विश्वकपको फाइनल खेल भारतको अहमदाबादमा हुने

भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आईसीसीले भारतका पाँच खेल मैदान र श्रीलङ्काका दुई मैदान शर्टलिस्ट गरेको छ । भारतका पाँच सहरहरू अहमदाबाद, दिल्ली, कोलकाता, चेन्नई र मुम्बई तथा श्रीलङ्काको कोलम्बो र क्यान्डीमा खेल हुने तय गरिएको हो ।

आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने प्रतियोगिताको फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुने तय भएको छ । तर पाकिस्तान फाइनलमा पुगेमा यो खेल श्रीलङ्कामा हुनेछ । भारत र पाकिस्तानबीच सहमति अनुसार उनीहरू एकअर्काको देशमा तटस्थ मैदानमा मात्र खेल्नेछन् । विश्वकपमा २० टिम सहभागी हुनेछन् । एशियाबाट नेपाल, ओमान र युएई छनोट भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?