दाचुर््ला । दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार (कात्तिक २०) राति १० बजेर ४० मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
दार्चुलासँग सीमा जोडिएको तावाघाट भन्दा १० किलोमिटर टाढा भारतीय क्षेत्रलाई केन्द्र बिन्दु बनाएर गएराति १० बजेर ४० मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाले बताउनुभयो ।





प्रतिक्रिया