हङकङ सिक्सेस: नेपाल आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित

दार्चुला । हङकङमा जारी हङकङ सिक्सेस अन्तरगत नेपाल आफ्नो पहिलो खेलमा अफगानिस्तानसंग १७ रनले पराजित भएको छ ।

अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले १४ बलमा अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो।

अफगानिस्तानका लागि करिम जनातले सर्वाधिक ३५ रन बनाए ।बलिङमा नेपालका रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?