मालिकार्जुन जात्रा अवधिभर बरामद गरिएको १ सय ३ बोतल मदिरा नष्ट

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको मालिकार्जुन मन्दिरमा लागेको रात्री जात्रा अवधिमा विभिन्न स्थानबाट बरामद गरिएको मदिरा नष्ट गरिएको छ ।

गत मंगलबार राती राष्ट्रिय धाम मालिकार्जुनमा लागेको प्रशिद्ध रात्री जात्रामा पूर्ण रुपमा मदिरा बेचबिखन, ओसारपोसार तथा सेवन बन्द गरिएकोमा जात्रा अवधिभर बरामद गरिएको मदिरा शुक्रबार (आज) नष्ट गरिएको हो ।

बरामद गरिएको १ सय ३ बोतल विभिन्न ब्राण्डको मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक निरज सिंह भाटले जानकारी दिनुभयो ।

वडा नम्बर ३ का वडा अध्यक्ष मदन सिंह धामीसहित अन्य जनप्रतिनिधि, मालिकार्जुन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मालिकार्जुन मन्दिरका मुखिया धिरेन्द्र सिंह धामी, सचिव जनक सिंह धामी लगायत अन्य व्यवसायीहरुको उपस्थितीमा बरामद गरेको मदिरा नष्ट गरिएको प्रहरी निरीक्षक भाटले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?