दार्चुला । नेपालमा नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा विगत २२ वर्षदेखि काम गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले आफ्नै कर्पोरेट कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीले आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्नको लागि काठमाडौंको नयाँ बानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माण गर्न थालेको हो ।

कम्पनीले उक्त भवन अपि टावर नामकरण गरी आफ्नै लगानीमा बनाउने जनाएको छ । यस कम्पनीका अध्यक्ष सिर्जना खड्काले कम्पनीका सम्पूर्ण सञ्चालकहरूको उपस्थितिमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेकी छिन् । कम्पनीको केन्द्रीय कार्यालय भवनको निर्माण कार्य २ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

अपि पावर कम्पनीले नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको पहिचान, रणनीतिक विकास, समयमै परियोजना सम्पन्नता, जलविद्युत र सौर्य सम्पत्तिहरूको विविधीकरण र निरन्तर पारदर्शी वित्तीय कार्यसम्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?