दार्चुला | सरकारले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको छ । कात्तिक २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
यसै गरी मन्त्रीपरिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा स्वास्थ्य सेवा अन्तर्गत २५६ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २४ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय मङ्गलबार सार्वजनिक गर्दै यो जानकारी दिनुभएको हो । उहाँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत कान्ति बाल अस्पताल महाराजगन्ज काठमाडौँ, स्वास्थ्य बिमा बोर्ड काठमाडौँ, गेटा अस्पताल धनगढी ९कैलाली०, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँके, डडेलधुरा अस्पताल डडेलधुराका लागि आर्थिक वर्ष २०८२र८३ का लागि अधिकृत सरहका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
त्यसै गरी मन्त्रीपरिषद्ले एमसिए–नेपालले निर्माण गर्ने चार सय केभी विद्युत् प्रसारण लाइनको मध्यरेखाबाट २३र२३ मिटर दायाँ र बायाँमा पर्ने करिब एक हजार ३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता नियमावली ९दोस्रो संशोधन०, २०८२ स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो ।





प्रतिक्रिया