सेती नदी किनारमा बैतडीकी एक महिला मृत फेला

दार्चुला । बैतडीको सिगास घर भएकी एक महिला सेती नदी किनारमा मृत फेला पर्नुभएको छ।

सिगास गाउँपालिका–५ खैरकोट घर भइ हाल कैलालीको गौरीगंगा नगरपालिका १० उदासीपुर बस्दै आएकी ६४ बर्षीया धनमती धामी सेती नदी किनारमा मृत फेला पर्नुभएको हो।

डोटीको आदर्श गाउँपालिका बबिनास्थित सेती नदी किनारमा धामीको शव बग्दै गरेको अवस्थामा मंगलबार दिउँसो फेला परेको हो ।

सिगासको भूमिराज मन्दिरमा लागेको जात्राबाट फर्कदै गर्दा उहाँ लडेको अनुमान गरिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?