एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

दार्चुला | नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट एसोसिएसन ९क्यान०ले हिजो प्रेस विज्ञप्ति निकाल्दै आउँदो मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा हुने दोस्रो नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरेको हो ।

उद्घाटन तथा शनिवारको खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ । अन्य समूह चरणमा साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ रहनेछ भने प्लेअफ तथा फाइनलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ । साथै सिजनभरको पास १५ हजार रुपैयाँमा किन्न सकिनेछ ।

टिकट बिक्री खल्ती र आईएमई एपमार्फत हुने क्यानले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?