अनुमति विना र्‍याली–जुलुस तथा प्रदर्शन नगर्न दार्चुला प्रशासनको आग्रह

दार्चुला। दार्चुला प्रशासनले अनुमतिबिना र्‍याली, जुलुस, धर्ना, सभा तथा प्रदर्शन नगर्न सरोकारवालालाई आग्रह गरेको छ। शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने जनाएको हो।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार यस्ता कार्यक्रम सञ्चालन गर्दा तोकिएको प्रक्रिया तथा शर्तहरूको पालना गर्नुपर्ने छ। जारी सूचनामा प्रक्रिया पूरा नगरी वा पूर्वस्वीकृति नलिई शर्तविपरीत कार्यक्रम सञ्चालन गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिइएको छ।

प्रशासनका अनुसार विभिन्न समूहद्वारा सञ्चालन हुने र्‍याली, जुलुस, धर्ना, सभा तथा प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता पैदा हुनसक्ने भएकाले अनुमति विना यस्ता गतिविधि नगर्न सबैमा अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?