दार्चुला । बैतडीमा भन्सार छलीका सामग्री बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली दशरथचन्द नगरपालिका वडा नम्बर ६ घुमापिपलबाट १ लाख ४ हजार ४ सय रुपैयाँ बराबरको २ सय ३२ बण्डल बिँडी र एक थान मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो ४ बजेको समयमा प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त सामग्री फेला पारेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो।

बरामद गरिएको भन्सार छलीको अवैध सामग्रीलाई महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरी जनाएको छ ।

भारतबाट अवैध रुपमा उक्त सामग्री ल्याइएको बताइएको छ । महाकालीमा पानीको बहाव घटेसँगै ट्युबामार्फत भन्सार छलीका सामग्री भित्र्याउने गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?