दार्चुला । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दामोदर भण्डारीले बैतडीमा एमालले जितेका पालिकाहरुमा समस्या खडा गर्न खोजिएको आरोप लगाउनुभएको छ।
एमालेले बैतडी सदरमुकाममा आयोजना गरेको जागरण सभामा बोल्दै सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका लगायत एमालेले जितेका पालिकाहरुमा घेराबन्दी गर्न खोजिएको उहाँले बताउनुभयो । ‘एमालेले जितेका पालिकाहरु सुर्नया, दशरथचन्दमा समस्या खडा गर्न खोजिएको छ । हामीले हेरिरहेका छौं । एमाले जागृत भइसकेको छ ।एमालेको यत्रो शक्तिलाई तालाबन्दीले रोक्न सक्दैन्’ उहाँले भन्नुभयो ।
एमालेको नेतृत्व केपी ओलीले गर्ने बताउँदै उहाँले ओलीलाई एमालेको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाउने उद्दघोष गर्नुभयो । बैतडी जिल्लाबाट एकमत भएर पार्टी ओलीको पक्षमा रहेको उहाँले दोहर्याउनुभयो ।
भदौ २३ र २४ मा भएको घटनाका बिषयमा पूर्व मन्त्री भण्डारीले देशलाई कसले, कसरी सत्यनाश गर्यो भन्ने कुरा जगजाहेर रहेको भन्दै उहाँले जेनजी आवरणमा देशलाई बर्बाद पार्ने तत्व हाबी भएको उल्लेख गर्नुभयो ।
एमाले जनताको मनमनमा रहेको बताउँदै भण्डारीले एमाले राष्ट्रवादी शक्ति भएको बताउनुभयो ।





प्रतिक्रिया