दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा महाकाली नगरपालिकाका ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १४० नमुना परीक्षण गर्दा दार्चुलाको महाकाली नगरपालिका ३८ जना र डोटी जोरायल गाँउपालिका ९ जना गरि ४७ जनामा सङ्क्रमण पुष्टि भएको डडेलधुरा अस्पताल परिक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो ।
एकै दिन ३८ जना थपिएसंगै दार्चुलामा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।
जसमध्ये ९८ जनाले कोरोना जितेका छन् । भने ९३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
सदरमुकामबाट ७२ जनाको स्वाब पठाइएकोमा हिजो एक जना र आज ३८ जनामा संक्रमण पुष्टि भएको छ ।
अझै चार जनाको रिर्पोट आउन बाकी रहेको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन महराले जानकारी दिनुभयो ।





