अपिहिमालमा अन्तरपालिका समन्वय बैठक, चमेलिया नदी स्वच्छता अभियान सञ्चालन गरिने

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । आइतबार मार्मा र अपिहिमाल गाउँपालिका बिच अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको हो ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त बहादुर सिंह ठेकरे बोहराको अध्यक्षतामा बसेको बैठकमा मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, अपिहिमाल गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहरा, मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिला चन्द सिंह, अपिहिमाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र साउद, मार्मा गाउँपालिकाका योजना अधिकृत रमेश चन्द्र अवस्थी लगायत अन्य जनप्रतिनिधि र पालिका शाखागत कर्मचारीको सहभागिता रहेको थियो ।

बैठकमा दुबै स्थानीय तह बिच पर्यटन प्रवर्धनमा सहकार्य गर्ने, विटुले-पारीबगर-मकरीगाड-खण्डेश्वरी सडकको निर्माणकार्यको लागि सयुक्त पहल गर्ने, चमेलिया नदी स्वच्छता अभियान सञ्चालन गर्ने, विपद प्रतिकार्यको लागि दुबै स्थानीय तहले सहकार्य गर्ने र अन्तरपालिका असल अभ्यास आदानप्रदान गर्ने निर्णय भएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त बहादुर सिंह ठेकरे बोहराले जानकारी दिनुभयो

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?