बैतडीको सुर्नया गाउँपालिकामा गरिएको तालाबन्दी ३९ दिनपछि खुल्यो

दार्चुला । बैतडीको सुर्नया गाउँपालिकाको तालाबन्दी ३९ दिन पछि खुलेको छ । गत असोज २४ गते विभिन्न माग राख्दै जेन–जी र जेन–वाई समूहले गरेको तालाबन्दी सोमबार आज खुलेको हो ।

गत असोज २४ गते सूचना नदिएको भन्दै जेनजी–जेनवाई समूहका युवाहरुले ११ बुदे माग अघि सार्दै तालबन्दी गरेका थिए। आइतबार बसेको कार्यपालिका बैठकले युवाहरुले उठाएको मागहरू सम्बोधन गरेपछि तालाबन्दी गरिएको ३९ दिनपछि सोमबार (आज) ताला खोलिएको हो ।

जनप्रतिनिधी र जेन्जी युवाहरुबिच ताला खोल्ने बिषयमा पटकपटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको थिएन् । आइतबार बसेको कर्यालपालिका बैठकले जेन्जीले उठाएका सबै मागहरु सम्बोधन गर्ने निर्णय गरेको थियो । जेन्जीले उठाएका मागअनुसार कार्यपालिका बैठकले करारका सबै कर्मचारीहरु हटाउने निर्णय गरेको बताइएको छ ।

यस विषयमा करारका कर्मचारी भने असन्तुष्ट छन् । उनिहरु अहिले पालिकासङ्ग छलफल गरिरहेका छन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?