लटिनाथ मावि चौपातामा अभिभावक भेला सम्पन्न, अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका-५ चौपातामा अवस्थित लटिनाथ मावि चौपातामा अभिभावक भेला सम्पन्न भएको छ।

बुधबार (आज) विद्यालयमा सम्पन्न अभिभावक भेलाले कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरूको लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष परमानन्द जोशी, प्रधानाध्यापक केशवराज बिष्ट लगायत अभिभावक र शिक्षक समेतको उपस्थितिमा भेला सम्पन्न भएको सहायक प्रधानाध्यापक महेशराज जोशीले जानकारी दिनुभयो । विद्यालय तथा विद्यार्थीको सिकाइ गुणस्तर सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थीले गर्नुपर्ने थप प्रयासका विषयमा गहन छलफल गर्दै बैठक सम्पन्न भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?