दार्चुलाको अपिहिमालमा दुई दिने न्यायिक अभिमुखिकरण तालिम  सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा सञ्चालन भएको दुई दिने न्यायिक अभिमूखिकरण तालिम सम्पन्न भएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा बुधबार हिजो देखि सञ्चालन भएको दुई दिने मेलमिलापकर्ता तथा न्यायिक समितिका पदाधिकारीहरूका लागि न्यायिक अभिमुखिकरण तालिम विहिार आज सम्पन्न भएको हो।

न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष देवकी बोहरा अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधीश भुवन गिरीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा, वडा अध्यक्षहरु, न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

स्थानीय तहका न्यायिक कार्यमा संलग्न पदाधिकारी तथा मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक देवकी देवी बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?