एनपिएल : चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

दार्चुला। नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ४३ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४२ रन बनायो ।

चितवनका लागि रवि बोपराले अर्धसतकीय पालि खेल्नुभयो । सर्वाधिक ६६ रन बनाउनुभएका रविले ५५ बलमा चार चौका र तीन छक्का हान्नुभयो ।

यस्तै कप्तान कुशल मल्लले २१, सैफ जैइफले १५, देव खनालले १४, ओपनर दीपक बोहराले १० र अर्जुन साउदले अविजित आठ रन बनाउनुभयो ।

बलिङमा लुम्बिनीका रुवेन ट्रम्पलम्यानले तीन विकेट लिनुभयो । अविशेष गौतम र गुलवादिन नैवले दुई दुई विकेट लिनुभयो ।

एपिएलमा पहिलो खेल खेलेको लुम्बिनी आज सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यता चितवन लगातार दोस्रो जित निकाल्ने तयारीमा छ । यसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णालीलाई चार विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?