एनपीएल: चितवनलाई ६ विकेटले हराउँदै लुम्बिनीको विजयी शुरुआत

दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी शुरुआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । चितवनले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीका गुल्बादिन नइबले अविजित ४४, कप्तान रोहितकुमार पौडेलले ३९ र सन्दीप जोराले २८ रन बनाए । चितवनका रिजन ढकालले २ र सोहेल तानवीरले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । चितवनका रवि बोपाराले ६६ रन बनाए । प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ३, अभिशेष गोतम र गुल्बादिन नइबले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?