मालिकार्जुन प्रहरी चौकीको जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउन आग्रह

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मड सिमलगैरमा अवस्थित प्रहरी चौकी मालिकार्जुनको नाममा दर्ता रहेको जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।

मालिकार्जुन प्रहरी चौकीको नाममा दर्ता रहेको कित्ता नम्बर ९६ र २८५ माको जग्गामा स्थानीय बासिन्दाले घर तथा पसल निर्माण गरि चलन भोग गरिरहेकोले सूचना प्रकाशन भएको मितिले १५ दिन (२०८२ साल मंसिर २६ गते) भित्र अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो ।

अहिले मालिकार्जुन प्रहरीको लागि भवन अभाव भएको हुँदा सोही जग्गामा नयाँ भवन निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेपछि बाधा रोक्न सूचना जारी गरिएको हो।

प्रहरी चौकीका लागि नयाँ भवन निर्माणका लागि रामेछाप रिठगढे जे.भी., व्याँस गाउँपालिका–५, दार्चुलासँग सम्झौता भइसकेको हुँदा निर्माण स्थलमा निर्माण सामग्री ढुवानी र निर्माण कार्यमा अतिक्रमित संरचनाले पूर्णरूपमा अवरोध पु¥याउने स्थितिलाई ध्यानमा राखी जग्गा खाली गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले सूचना प्रकाशित मितिबाट १५ दिनभित्र अवैध रूपमा बनाइएका घर तथा पसल हटाई भवन निर्माण कार्य सहज बनाउन आग्रह गरेको छ। तोकिएको समयभित्र नहटाए कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने समेत सूचनामा उल्लेख छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?