कांग्रेस महाधिवेशन पुस २६ देखि २९ मा हुने, कार्यवाहक सभापतिले प्रस्ताव पेस गर्ने

दार्चुला । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा हुने भएको छ । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको हो ।

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका छन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्नेछन् । यसअघि महामन्त्री र सहमहामन्त्रीका अलगअलग प्रस्ताव पेस भएकाले सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस हुन लागेको स्रोतको दाबी छ । “जसरी संसदमा टेबुल गर्दा मन्त्रीले प्रस्ताव राख्छन् र अन्त्यमा निर्णयार्थ पेस गर्दा सभामुखले प्रस्ताव राख्छन् त्यसरी नै निर्णयार्थ कार्यवाहक सभापतिले प्रस्ताव राख्न लाग्नुभएको हो,” स्रोतले भन्यो, “त्यसमा कसैको विमति आएछ भने मतविभाजनबाट निर्णय हुनेछ ।” कार्यवाहक सभापति खड्काले अझै आवश्यक नेताहरूसँग छलफल गरी प्रस्ताव सर्वसम्मत गर्ने गरी समझदारी भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?