अस्थाई प्रहरी पोष्ट लेकम-१ बित्थडको नव निर्मित भवन उद्घाटन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको अस्थाई प्रहरी पोष्ट भरडकोट, बित्थडको नव निर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार (आज) सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यतामा नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

त्यस्तै उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल गण नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक गौरव महत, इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक निरज सिंह भाट, लेकम गाउँपालिकाका निर्वतमान अध्यक्ष परमानन्द जोशी, लेकम गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज पन्त, अन्य प्रहरी कर्मचारी, स्थानीय विद्यालयका प्रधानाध्यापक लगायत स्थानीयहरुको सहभागिता रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक निरज सिंह भाटले जानकारी दिनुभयो ।

गत जेठ महिनाबाट निर्माण सुरु गरिएको भवन असारमा निर्माण सम्पन्न भएको थियो । कुल ४८ लाख लागतमा प्रहरीका लागि एक तलाको तीन कोठे भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।

आफ्नै भवन निर्माण भएपछि शान्ती सुव्यवस्था थप मजबुद हुने स्थानीय गणेश विष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?