२२ वर्षदेखि दुबईमा मृत्युदण्ड पर्खिरहेका निर्दोष अमर,  उद्धारमा कूटनीतिक पहल गरिदिन आग्रह

दार्चुला । जनवरी २४ का दिन दार्चुलाका अमरबहादुर बम दुवईको जेलमा परेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो । अमरको रिहाईका लागि भाकल गरेर दार्चुलाको धारी गाउँमा बाबु र श्रीमतीले पालेको एउटा बोको ८ वर्ष पुगेपछि कालगतिले मर्‍यो । पहिलेको बोको मरेपछि भाकल गरेको अर्को बोको पनि अहिले ४ वर्षको भैसक्यो ।

दुवईको जेलमा अमरको बसाई लम्बिदा दार्चुलामा उनको रिहाईका लागि भाकल गरिएका बोका छिप्पिदै बुढा हुँदैछन् । अमरले पाएको मृत्युदण्डको सजायका बारेमा अखबार, अनलाइन, रेडियोमा धेरै खालका खबर बाक्लिदै गएका छन् । तर अमरको रिहाईका लागि घरमा पालेका बोका र जेलमा मृत्युदण्ड कुरिरहेका अमरको नियति उस्तै हुने हो कि भन्ने आशंका बाक्लिदै गएको छ ।

दुवईको अल अविर सेन्ट्रल जेलमा मृत्युदण्डको सजाय कुरिरहेका श्रीमान् अमर चाँडै फर्कुन् भनेर श्रीमती धनिसाले देउतासित भाकल गर्नुभएको छ । घरैमा पालेको एउटा खसी ४ वर्षको भयो (सुदूरपश्चिमतिर खसी पनि बली दिने चलन रहेछ) । भाकल गरेर पालेको एउटा खसी ८ वर्ष पुगेर मर्‍यो ।

अरु त अरु राष्ट्रपति विद्यादेवी भण्डारीले युएईको राजकीय भ्रमण गर्दा पनि समकक्षीसित अमरका बारेमा चासो राख्नुभएको थियो । तत्कालिन प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, सुशील कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि युएई सरकारसित अमरको जीवन रक्षाका लागि अनुरोध गरेका थिए । तैपनि अमर जेलबाट छुटेका छैनन् । अमरले टेलिफोनमा बताए अनुसार, अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनीमाथि कुनै पनि बेला फैसला कार्यान्वयन गर्न सक्छ ।

अमरबहादुर बम २२ वर्षदेखि दुबईको जेलमा मृत्युदण्डको सजाय कुरिरहेका छन् । बम आफुले थाहै नपाएको एउटा हत्याकाण्डमा जोडिएका छन्, जसमा उहाँ निर्दोष हुनुहुन्छ । उक्त घट्नामा बमको संलग्नता पुष्टि भएकै छैन ।

मात्रै उहाँले चलाएर गएको गाडीका दुई यात्रुचाहिँ हत्याकाण्डमा संलग्न थिए । ती भारतीय नागरिकले गरेको हत्यामा प्रयोग भएका अमरले आफुलाई घट्नामा कसरी प्रयोग गरिदै छ भन्ने सम्म था थिएन । त्यो कुरा स्वयं हत्यामा संलग्न भारतिय नागरिकहरुले नै त्यहाँको अदालतमा गरेको बयानबाट पुष्टि हुन्छ । तर पनि मतियार भनेर अमरलाई जेलमा कोचिएको छ ।

अमरविरुद्धको फैसला अनुचित यातना र भाषिक अवरोधको उपज हो । त्यहाँको अदालतले त्यस्तो फैसला गरे पनि संयुक्त अरब इमिरेट्स (यूएई) मा अदालतभन्दा माथि राजाको विशेषाधिकार छ । अमरले न्याय पाउने अन्तिम उपाय भनेको राजाको विवेक हो । त्यसका लागि हाम्रो देशको राजकीय तहको कूटनीतिक पहल चाहिन्छ । हाम्रा प्रधानमन्त्रीले दुबईका राजालाई अमरको निर्दोषिताको आधारसहित आममाफीको आग्रह गर्न सक्छन्, यही चाहना अमर, अमरको परिवार र सारा नेपालीको पनि छ ।

सवाल अमरबहादुर बमको एउटा ज्यानको मात्रै नभई निर्दाेषिताको पनि हो र नेपालीले आफ्नो देश छ, राज्य छ भनेर विश्वको जुनसुकै कुनामा रहे पनि अनुभूत गर्न पाउने कुरा हो ।

सँगसँगै नेपालको राष्ट्रको नैतिक गरिमा पनि यो अन्यायपूर्ण घटनासँग जोडिएको छ । दिल्लीमा मार्बल ढुवानी गर्ने ड्राइभरको सामान्य जीवन बिताइरहेका अमर राम्रो अवसरको लोभमा दुबई भारतीयहरूबाट पु¥याइएका हुन् । अमर गाडी चलाउने काममै दुबइ गएका जानुभएको थियो ।

सन् २००३ जनवरी १९ मा भएको हत्याकाण्डका अपराधीहरू उहाँले चलाएको गाडी चढे, तर उहाँलाई के थाहा कि ती हत्याराहरू हुन् । अमरले प्रहरीसँग आफ्नो निर्दोषिता जाहेर नगरेका होइनन्, त्यहाँको प्रहरीले दिएको यातनाकै कारण अपराधको मतियार बन्न बाध्य भएका छन् । जेलमा रहेका अमरले छुट्ने मौका पाएनन् भने मृत्युदण्ड भोग्नु पर्नेछ । हो, यही संवेदनशीलतालाई ख्याल गर्दै प्रधानमन्त्री तहकै पहल यहाँ आवश्यक देखिन्छ ।

आफ्नो नागरिक संसारको जुनसुकै कुनामा रहे पनि सुरक्षा र संरक्षण सरकारको कर्तव्य हो । अन्तर्राष्ट्रिय मानवअधिकार सन्धिहरूले पनि यस्ता नागरिकलाई कानुनी र दूतावासीय सहायता सुनिश्चित गर्छ । अमरले यी कुनै सहायता पाएका छैनन् । अमरको मुद्दामा न त वकिलको साथ थियो, न त निष्पक्ष अनुवादकको । उनी यान्त्रिक न्यायको सिकार भएका छन् । अमर स्वयंले जेलबाट प्रधानमन्त्री गुहारेका छन् ।

प्रधानमन्त्रीले युएईका राजासँग कुरा गरेर उनको ज्यान जोगिन्छ भने त्यतिको पहल हुनुपर्छ । पहल भएर न्याय पाए अमर नेपाल फर्कन सक्छन्, आफ्नो परिवारसँग बाँच्न सक्छन् र नयाँ जीवन सुरु गर्न सक्छन् । विदेशको जेलमा भएको एउटा नागरिकको याचना सरकारले सुन्नुपर्छ । अमरको जीवन बाँच्नुपर्छ । अमरले न्याय पाउँदा सम्पूर्ण नेपालीमा सरकारप्रतिको विश्वसनीयताले पनि उचाइ पाउनेछ ।

धनिसाः बिहेपछिका २० दिन र बिछोडका २२ वर्ष ((अर्काइभबाट)

घाम दिनहुँ फर्कि आउँछ र महाकाली पारीको डाँडा मुनि अस्ताउँछ । तर घाम अस्ताउने बाटो तिरै महाकाली नदी तरेर परदेश गएका अमर २२ वर्ष हुँदा पनि फर्केका छैनन् । त्यतिबेला अमर छिमेकी देश भारतको राजधानी दिल्लीको एक मार्वल कम्पनीमा गाडी चलाउने काम गर्थे ।

बिहे अघि कहिल्यै नदेखेका, तीन हप्ता मात्रै सँगै बसेका र २२ वर्षदेखि छुट्टा भएका श्रीमानको अनुहार धनिसालाई राम्ररी सम्झना छैन । पुरानो भएर धमिलो भएको अटो साइजको एकप्रति फोटो बाहेक अनुहार हेर्न अरु उपाय पनि छैन । परिवारसित भएको अमरको फोटो त्यति एउटा मात्रै हो । डेढ दशकमा अमरका अनुहार फेरिए । फेरिएको अनुहार कस्तो भयो होला, धनिसालाई थाहा हुने कुरा भएन । २५ वर्षको उमेरमा घरबाट हिँडेका अमर अहिले ४७ का भए । पक्कै उनको अनुहार फेरियो होला ।

त्यसैबेला घरमा बिहे गर्ने कुरा चल्यो । साविक लटिनाथ गाउँपालिका मार्माकी धनिसा सिंहसित अमरको मागी बिहे भयो । धनिसा त्यसबेला १४ वर्षकी मात्रै हुनुहुन्थ्यो । बिहे अगाडि धनिसा र अमरको चिनजान थिएन । पहिले देखिका कुटुम्ब दुवैतिरका अभिभावकको मन मिलेपछि उनीहरु दुईले साइनो जोड्न नाईं भनेनन् ।

भारतको उत्तराखण्डमा रहेको हरिद्वारमा देउता साक्षी राखेर अमरले धनिसाको सिउँदो रंग्याए, सँगै मर्ने बाँच्ने कसम खाए । त्यसरी भएको बिहेको २० दिन नबित्दै अमर परदेश गए । २० दिनको माया सम्झेर २२ वर्षपछि पनि धनिसा अमरलाई कुर्दैछिन् । अमर बाहेक अब उनको कोही पनि छैन ।

माइतीमा धनिसाको अभिभावक भन्नु वृद्ध उमेरकी एक्ली आमा मात्रै थिइन् । बुवाको पहिले नै निधन भएको थियो । खाउँलाउँ भन्ने उमेरका नव दम्पत्ति दाजु भाउजुलाई कालोज्वरोले बाँच्न दिएन । अथवा सिंगो परिवार भन्नु आमाछोरी मात्रै थिए ।

त्यसैले पनि धनिसाका लागि अमर संसारमा सबैभन्दा धेरै भर भएका मानिस थिए । तर समयले धनिसालाई ठग्यो । अमरको साथ बिहेपछि लगत्तै धर्मरायो । मंसिर महिनामा बेहुली बनेर धनिसा अमरको घर भित्रिइन् । बेहुली भित्र्याएको तीन हप्तामा अमर परदेश लागे ।

अमरको गन्तव्य थियो दिल्ली । अमरले दिल्ली फर्कन्छु भन्दा धनिसाले दुई चार महिना घर बसेर जानु भनेको पनि हो । तर अमरले दिल्लीमा कोठा खोजेर केही महिनापछि लिन आउँछु भनेर धनिसालाई फकाए । धनिसालाई पनि पहाडको दुःखबाट भाग्ने मन थियो । शहर हेर्ने, त्यही बस्ने र सुखले जीवन काटने रहर थियो ।

बिहे अघि कहिल्यै नदेखेका, तीन हप्ता मात्रै सँगै बसेका र २२ वर्षदेखि छुट्टा भएका श्रीमानको अनुहार धनिसालाई राम्ररी सम्झना छैन । पुरानो भएर धमिलो भएको अटो साइजको एकप्रति फोटो बाहेक अनुहार हेर्न अरु उपाय पनि छैन । परिवारसित भएको अमरको फोटो त्यति एउटा मात्रै हो । डेढ दशकमा अमरका अनुहार फेरिए । फेरिएको अनुहार कस्तो भयो होला, धनिसालाई थाहा हुने कुरा भएन । २५ वर्षको उमेरमा घरबाट हिँडेका अमर अहिले ४७ का भए । पक्कै उनको अनुहार फेरियो होला ।

कलिलै उमेरमा बिहेवारी गरेकी धनिसाको अनुहार पनि फेरिएको छ । २९ वर्षमा हिँडदै गरेकी धनिसाको अनुहारको चाउरी टाढैबाट देखिन्छ । खुसीको रंग अनुहारबाट उडि गए जस्तो लाग्छ । अब त धनिसासित श्रीमानसित तीन हप्ता बिताएका समयको सम्झना र कल्पनाका चाङ मात्रै बाँकी छन् ।

दुवईमा अमरले जीवनमा कहिल्यै नचिताएको घटना भयो । त्यही कारणले अमर घर फर्केनन् । घरपरिवारले ४ वर्ष पछि थाहा पाए, अमर मान्छे मारेको आरोपमा जेल परेका छन् । हो, अमर २४ जनवरी २००३ देखि दुवईको जेलमा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?