दार्चुला । दार्चुलाका विभिन्न क्षेत्रमा जङ्गली बदेलले आतङ्क मच्चाएको छ । जिल्लाको लेकम क्षेत्रका विभिन्न गाउँहरुमा बदेलले आतङ्क मच्चाएको स्थानीयहरुले बताएका छन् । जिल्लाको लेकम गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का विभिन्न टोलहरुमा जङ्गली बदेलको हिउँदे खेती र तरकारीबाली सखाप पारेको छ । वडा नम्बर ५ र ६ का अधिकांस टोलहरुमा बदेलले हिउँदे तरकारी र गहुँ खेती सखाप पारेको वडा नम्बर ६ का वडा सदस्य चन्चल सिंह खत्रीले बताउनुभयो ।
ठुलो संख्यामा मानव बस्तीमा आउने बदेलको समुहले पछिल्लो समय मानिसहरुमाथि समेत आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
उम्रिदै गरेको गहुँ लगायत हिउँदे बाली र तरकारी खेती सखाप पारे पछि स्थानीयहरु चिन्तीत बनेका छन् । ठुलो बथानमा आउने बदेलले मानिहरुमाथि समेत आक्रमण गर्न सक्ने जोखिम रहेकोले सचेत रहन आग्रह गरिएको छ ।
बदेलले अन्न र तरकारीबाली क्षती गरेका कृषकहरुलाई राहात तथा क्षतीपुर्ती उपलब्ध गराउन माग गरिएको छ ।





प्रतिक्रिया