दार्चुलाको नौगाडमा अध्यक्ष रनिङ सिल्ड प्रतियोगिताको तयारी

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले पालिकास्तरीय अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै वडाहरुलाई अनुरोध गरेको छ । गाउँपालिका भित्रका ६ वटै वडा कार्यालयहरुलाई मसिंर २८ गते सम्म प्रतियोगिता सञ्चालन गर्न सुचित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले बताउनुभयो ।

‘शैक्षिक गुणस्तर विकासबाटै समृद्ध नौगाडको परिकल्पाना’ भन्ने मुल नारासहित गाउँपालिकाले हरेक बर्ष पालिका भित्रका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरु सम्मेलित अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस बर्ष पनि ६ वटै वडाहरुलाई २८ गते भित्र प्रतियोता सम्पन्न गरि मसिंर २९ गते पालिकास्तरीय प्रतियोगितामा सहभागि गराउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई छुट्टा छुट्टै समुहमा राखेर प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो । विद्यार्थीहरुको बौद्धिक क्षमता अभिबृद्धि गराउने उद्धेश्यले वडा स्तरीय हाजिरी जवाफ, पढाइ गती मापन, शब्द चित्रपत्ती मिलान, हिसाब दौड, श्रुती लेखन लगायत विभिन्न् १५ विधाका बौद्धिक खेलहरु खेलाइने उहाँले बताउनुभयो ।

मसिंर २९ गते पालिका स्तरीय प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?