कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ

दार्चुला । गत २४ भदौमा भएको जेन्जी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा र कैलाली कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ परेका छन्। अदालतमा आगजनी गरेको आरोपमा ६ जना तथा कारागारमा आगजनी गरेको आरोपमा थप चार जना पक्राउ परेको कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताउनुभयो ।

विष्टका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी, बैतडीको पुर्चौडी घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्दै आएका २४ वर्षीय भरत बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का एलेक्स चन्द, लक्ष्मण बहादुर विष्ट र धनगढी उपमहानगरपालिका वडा नम्बर १ मनोज विष्टलाई अदालतमा आगजनी गरेको अभियोगमा पक्राउ गरिएको छ।

त्यस्तै भदौ २४ गतेको आन्दोलनको क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित जिल्ला अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, कार्यालय भवनभित्र रहेका विभिन्न मुद्दाका सक्कलै मिसिल, कम्प्युटर लगायत सूचना प्रविधिका उपकरणहरुमा आगजनी र तोडफोड भएको थियो। सोही आरोपमा प्रहरीले धनगढीबाट ६ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ।

जिल्ला अदालतले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, कैलाली कारागारमा आगजनी गरेको आरोपमा धनगढीउपमहानगरपालिका वडा नम्बर २ का २८ वर्षीय गोपाल भट्ट, धनगढी ृपमहानगरपालिका वडा नम्बर ३ का जेम्स भनिने सुरज कटुवाल, धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का ४० वर्षीय बसन्तराज जोशी र १९ वर्षीय अंकित सक्सेना पक्राउ परेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?