दार्चुलाको महाकाली नगरपालिकाका शिक्षकलाई विद्यालय सुरक्षा तालिम

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि बृहत् विद्यालय सुरक्षा सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ ।

गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत नगरपालिकाका १५ वटा सामुदायिक विद्यालयका १५ जना शिक्षकहरुका लागि पाँच दिने बृहत विद्यालय सुरक्षा सम्बन्धी क्षमता विकास तालिम विहिबार (आज) सम्पन्न भएको हो ।

महाकाली नगरपालिकाको आयोजनामा, सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोग तथा युनिसेफ र युरोपियन युनियनको आर्थिक सहयोगमा शिक्षकहरुको लागि पाँच दिने तालिम सञ्चालन गरिएको थियो ।

विद्यालयलाई सुरक्षित बनाउन, विपद् व्यवस्थापन प्रतिकार्य योजना निर्माण गर्न तथा आपतकालीन अवस्थाका खोज–उद्धार र प्राथमिक उपचारसम्बन्धी सीप अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले बताउनुभयो ।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा विपद् प्रतिकार्य योजना निर्माण, दुर्घटनामा घाइते तथा जोखिममा परेकालाई प्राथमिक उपचार गर्ने तरिका, साथै खोज तथा उद्धारका विधिबारे व्यावहारिक सिकाइ प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?