आईपीएल: आज मुम्बई र कोलकत्ताबिच प्रतिस्पर्धा हुँदै

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) साविक विजेता मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा मुम्बई र कोलकत्ता आठौं खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा मुम्बई छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर मुम्बई दोस्रो स्थानमा रहेको छ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई कोलकत्तालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

तर, दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ताविरुद्ध जित निकाल्न मुम्बईलाई कठिन भने हुनेछ ।

कोलकत्ता पाँचौं जितको खोजीमा रहेको छ । कोलकत्ताले ७ खेलमा ८ अंक जोडेको छ र चौंथो स्थानमा रहेको छ ।

कोलकत्ता मुम्बईलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ ।

यस्तै कोलकत्ता मुम्बईसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।

मुम्बईले कोलकत्ताविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्ने छन् ।

कोलकत्तालाई दिनेशसँगै आन्द्रे रसेल, इयान मोर्गन, आन्द्रे रसेल,कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडीको साथ रहने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?