दार्चुला । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।
प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नु नहुने बताउनुभएको छ ।
उहाँले संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक, अधिकार निर्भीकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोशिस गरिरहेका बताउनुभयो ।
त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता नगर्नेमा आफुलाई पूर्ण विश्वास रेहेको बताउनुभयो ।
थापाले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनाबद्ध तरिकाले अघि बढ्न पनि निर्देशन दिनुभएको छ । त्यसका लागि मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध गराउने समेत उहाँले वचन दिनुभएको छ ।
महामारी नियन्त्रणका क्रममा लगाईएकोे लकडाउन र संक्रमणका कारण नयाँ सुरक्षा चुनौतीहरुको सामना गर्नु परिरहेको बताउँदै उहाँले यसमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभएको छ ।





प्रतिक्रिया