दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मालिकाजुर्न मन्दिर नजिकैबाट प्रहरीले ठुलो मात्रामा अबैद मदिरा बरामद गरेको छ ।
मालिकार्जुन गाउपालिकाको सिमलगैर बजार नजिकै विहिबार राती ८ बजे मालिकार्जुन प्रहरी चौकी बाट खटिएको प्रहरी सहायक निरीक्षक (असइ) तेज बहादुर खड्काको टोलीले गस्तीको क्रममा विभिन्न ब्रान्डको ५२ पेटी अबैध मदिरा बरामद गरेको हो ।
सिमलगैर आदीखोलाका व्यापारी गणेश सिंह धामीले लुकाएर राख्दै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणको अबैद मदिरा समातेको मालिकार्जुन प्रहरी ईन्चार्ज असई तेज बहादुर खड्काले बताउनुभयो ।
जसमा ब्रीक्स नामक मदिराको २७ कार्टुन, ढुकुरी १६ कार्टुन र फिटो ६ कार्टुन रहेको प्रहरीले जनाएको छ । यसैगरी ओरेन्ज ३ कार्टुन बरामद गरिएको छ ।
बरामद मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुला बुझाइएको छ ।




