दार्चुलामा पनि ६५ औ प्रहरी दिवस मनाइयो

जिल्ला प्रहरी कार्यालय दार्चुलाले पनि ६५ औ प्रहरी दिवस मनाएको छ ।

प्रहरी दिवसको अवसरमा कर्तब्य पालनाको शिलशिलामा आफ्नो ज्यानको आहुती दिएका अमर प्रहरीहरुलाई सम्झाना गर्दै कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अतिथिहरुले प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरि शोक सलामी दिनुभएको छ ।

कार्यक्रममा अमर प्रहरी परिवार, भुतपुर्व कर्मचारी, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मानित समेत गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला जिल्ला अदालतबाट सिराहा सरुवा भएका न्यायधीस गिरिराज गौतमलाई कार्यक्रममा प्रहरीले मायाको चिनो प्रदान गरि विदाई समेत गरेको प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

कार्यक्रममा दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी ज्वोत्सना भट्ट जोशी, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?