दार्चुलाको लेकम-५ इरखोलीको एक घरमा आगलागी हुँदा घर नष्ट, दुहुँनो भैँसीको मृत्यु

दार्चुला । दार्चुलाको लेकम गाउपालिका वडा नम्बर ५ मैखोली इरखोलीको एक घरमा आगलागी भएको छ । आज बिहान स्थानीय अम्बादत्त जोशी (गणेश) को कच्ची दुई तले घरमा आगलागी हुदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने गोठमा रहेको दुहुँनो भैँसीको समेत जलेर मृत्यु भएको वडा सदस्य शंकर दत्त जोशीले जानकारी दिनुभयो । यस्तै गोठ भित्र रहेको गाई पनि जलेर घाइते भएको र घरभित्रको काठ, अन्नपात क्षति भएको उहाँले बताउनुभयो ।

दुहुनो भैँसीका लागि दालो पकाउने क्रममा बालेको आगो सल्किएर घरमा आगलागी भएको घरधनी गणेश जोशीले बताउनुभयो । बिहिबार विहान आगलागी भएको सूचना पाएपछि प्रहरी चौकी रातामाटाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरेको छ । आगलागीबाट एक लाख ५० हजार बढीको क्षति भएको बताइएको छ ।

परिवारका सदस्य अर्को घरमा बस्ने भएकोले सकुशल रहेको र घर तथा घरपालुवा जनावरमा क्षति पुगेको बताइएको छ। आर्थिक रूपमा विपन्न परिवारमा आगलागीले ठूलो क्षति भएपछि समस्यामा परेकोले राहत सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?