दार्चुला । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक (एसपी) को कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

रक्तचापसँगै अन्य विभिन्न रोगका कारण तीन वर्षदेखि औषधि सेवन गरिरहेका उहाँको मृत्यु भएको हो ।

गुप्तचर स्रोतका अनुसार कोभिड–१९ भाइरस पोजेटिभ देखिएपछि उहाँ बागमती प्रदेशस्थित आफ्नो कार्यालयमै सेल्फ आइसोलेसनमा बस्नुभएको थियो । हालै उहाँको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।

स्रोतका अनुसार हालसम्म राष्ट्रिय अनुसन्धान विभागमा ७० जना कर्मचारीमा संक्रमण देखिइसकेको छ । तीमध्ये ४० जना निको भइसकेका छन् । संक्रमितमध्ये अधिकांश सीमा क्षेत्रमा कार्यरत व्यक्ति छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?