दार्चुलाको दुहुँ गाउँसभाको १७औँ अधिवेशन सम्पन्न, दुईवटा ऐन पारित

दार्चुला। दार्चुलाको दुहुँ गाउँपालिका गाउँसभाको १७औँ अधिवेशन सम्पन्न भएको छ। आईतबार (आज) गाउँपालिकाको कार्यालय हिकिलामा गाउँसभाको १७औँ अधिवेशन सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालको अध्यक्षतामा बसेको बैठकले आर्थिक कार्यविधि ऐन २०८२ र दुहुँ गाउँपालिका विज्ञापन व्यवस्थापन ऐन २०८२ पारित गरेको जोशीले बताउनुभयो ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष शान्ति बम, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र शाखागत कर्मचारीको उपस्थिती रहेको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?