दार्चुला । नेपाली कम्युनिस्ट पार्टी नेकपाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले दार्चुलाबाट लक्ष्मण दत्त जोशीलाई प्रतिनिधि सभा प्रत्यक्ष उम्मेद्धार बनाउने निर्णय गरेको छ । नेकपा केन्द्रीय कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एक मात्रै प्रतिनिधि सभा निर्वाच क्षेत्र रहेको दार्चुलाबाट जोशीलाई उम्मेद्धार बनाउने निर्णय गरेको हो । नेकपा दार्चुलाले प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्ष तर्फ ५ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो । त्यस मध्ये केन्द्रले लक्ष्मण दत्त जोशीलाई उम्मेद्धार बनाउने निर्णय गरेको हो । जोशी पहिलो संविधान सभा निर्वाचनमा दार्चुलाबाट तत्कालिन माओवादी केन्द्रको तर्फबाट निर्वाचित हुनुभएको थियो ।

त्यस्तै बैतडी परमानन्द भट्ट, डडेल्धुराबाट मानसिंह माल, बझाङबाट मीनबहादुर कुवर, डोटीमा त्रिलोचन भट्ट र बाजुरामा प्रकाश शाह उम्मेदवार बन्ने भएका छन् ।

नेकपाले कैलाली क्षेत्र नम्बर ३ र ४ बाट विरमान चौधरी र हरि चौधरी (उत्सव)को नाम टुङ्गो लगाएको छ। कैलालीको १ ,२ र ५ नम्बर क्षेत्रको विषयमा अहिले छलफल जारी छ ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा विना मगर, २ नम्बर क्षेत्रमा लाल बहादुर खड्का र ३ नम्बर क्षेत्रका मान बहादुर सुनाको नाम टुङ्गो लागेको छ । अछामको १ नम्बर क्षेत्रबाट भीम रावल र क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?