दार्चुला । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजिनामा दिनुभएको छ । गत कात्तिक ९ गते मन्त्री नियुक्त भएका गुप्ताले आज पदबाट राजीनामा दिनुभएको हो ।
पछिल्लो समय गुप्ताको अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो ।
अमेरिका जाने विषयमा विवाद बढेपछि उहाँसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट हुनुहुन्थ्यो।
‘राजीनामा बुझाइसकेके छु, आज बिदा भएकाले दर्ता हुन पाएन, भोलिसम्ममा स्वीकृत होला,’ गुप्ताले भन्नुभयो ।





प्रतिक्रिया