दार्चुला । आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले दार्चुलाबाट राजेश चन्दलाई उम्मेदवार बनाएको छ । जिल्लाबाट उम्मेदवारको लागि ३ जनाको नाम पठाएकोमा केन्द्रले चन्दको नाम फाइनल गरेको राप्रपा दार्चुलाका अध्यक्ष प्रकास दयालीले बताउनुभयो ।
लेकम गाउँपालिका वडा नम्बर ३ घर भएका चन्द नेपाली सेनाका सेवानिवृत कर्नेल हुनुहुन्छ ।




