दार्चुलामा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी परेन

दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध कुनै पनि उजुरी परेको छैन ।

एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराएका कुनै पनि उम्मेदवार विरुद्ध उजुरी दर्ता नभएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले बताउनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दार्चुलामा नेकपा(एमाले)बाट गणेश सिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसबाट धर्मानन्द जोशी, नेपाली कम्युनिष्ट पार्टीबाट लक्ष्मण दत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश सिंह सामन्त र नेकपा माओवादीबाट नवराज भट्ट, नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल, राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्त, संघिय लोकतान्त्रिक पार्टीबाट गगन ठगुन्ना, आम जनता पार्टीबाट प्रेम सिंह बडाल र नेकपा सयुक्तबाट विद्यादेव जोशी गरि एघार राजनीतिक दलबाट ११ जनाको उमेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?