असई गोविन्दको उच्च सम्मानसहित अन्त्येष्टि

दार्चुला । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आईतबार नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्य हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा उच्च सम्मान सहित अन्त्येष्टि गरिएको हो ।

बिकको शोक सलामी सहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अन्त्येष्टि अगाडी बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक (असई) बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा मृत भेटिएका थिए ।

उहाँसँगै गस्तीमा खटिएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अज्ञात छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?