१.
यहाँ आफ्नाहरुले नै सताउन खोज्छन्
हँसाउन भन्दा ज्यादा रुवाउन खोज्छन्
आऊ सँगसँगै यात्रा गरौँ भन्नेहरूले नै,
बाटोमा ढुङ्गा राखी लडाउन खोज्छन्
२.
बने जस्तो गरेर शुभचिन्तक, किन भाको होला
कुरा सुन्दानी पर्छु तीनछक, किन भाको होला ?
मैले २४ र २५ उमेरमा नि, बिहे नगरेको भनेर,,
मेरो छिमेकीलाई चैँ सकसक, किन भाको होला ?
३.
हुनुपर्छ एकदिन यसरी विचलन, सोंच्दै सोंचेन
हुन्न सधैंभरी एकनास यो जीवन, सोंच्दै सोंचेन
मलाई उसको घर छेउबाट नहिंड भन्ने मान्छेकै,
मूल बाटो छ मेरै घरको आँगन, सोंच्दै सोंचेन
४.
आखिर हुँदै नहुने कुराको अत्याधिक आश गरेर
हो, बेकार आफ्नो अमूल्य समयको नाश गरेर
म मूर्खहरुलाई यसरी बदल्ने कोसिस गरिरहेछु,
जस्तो कि भ्यागुतालाई दौडिने अभ्यास गरेर
५.
यदि मिल्छ भने सबैको साथ, अन्याय विरुद्ध
सत्य धरोधर्म गर्छु यति आँट, अन्याय विरुद्ध
यो सरकारबाट न फाँसी हुन्छ, न कुनै सजाय,
बरु बन्छु म आफै जल्लाद, अन्याय विरुद्ध
-बिर्ख वाईबा, घ्याङ्लेख गाउँपालिका २, सिन्धुली
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




