कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउन शिक्षा मन्त्रालयको निर्देशन,

दार्चुला। कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । शैक्षिक वर्ष २०७७ मा नयाँ पाठ्यक्रमअनुसार पढाउन मन्त्रालयले देशभरका सबै विद्यालयलाई निर्देशन दिएको हो ।

केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पढाएको पाइएपछि विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रम अनुसार पठनपाठन गराउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । विद्यालयले मन्त्रालयको निर्देशन पालना गरे नगरेको अनुगमन हुने र कारबाही समेत गरिने बताइएको छ ।

नयाँ पाठ्यक्रमअनुसार भएको पढाइबाट नै कक्षा ११ को मूल्यांकन हुने समेत बताइएको छ । अर्को वर्षदेखि कक्षा १२ मा पनि नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?