बैतडीको दोगडाकेदार गाउँपालिकाले आधारभूत तह कक्षा ८ को पालिकास्तरीय परीक्षा आगामी चैत ४ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको आधारभूत शिक्षा परीक्षा समितिको निर्णय अनुसार आगामी चैत ४ देखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले बताउनुभयो ।
परीक्षामा गाउँपालिका भित्र रहेका कक्षा ८का परीक्षार्थीहरु सहभागी हुनेछन् ।






प्रतिक्रिया