दार्चुला । प्रधानमन्त्री सुशीला कार्कीले चुनावको सन्दर्भमा हुन सक्ने सम्भावित घटना र चुनौतीहरूलाई ध्यानमा राखी समयमै पूर्वतयारी गर्नुपर्ने बताउनुभएको छ ।

आज रुपन्देहीको बुटवलमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली सेनाका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले चुनाव बहिष्कारका नाममा केही समूहले चन्दा असुली गर्ने र अस्तित्व देखाउने प्रयास गर्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्नुभयो ।

आउँदो हप्ता फागुपूर्णिमा पर्ने भएकाले सुरक्षा चुनौती थपिन सक्ने र रुकुम पूर्वलगायत हिमाली जिल्लामा हिमपातको जोखिम रहने उल्लेख गर्दै सम्बन्धित निकायलाई सजग रहन उहाँको निर्देशन छ ।

तराईका केही जिल्लामा दलहरूबीच झण्डा जलाउने र उक्साउने गतिविधि बढेको जनाउँदै प्रधानमन्त्री कार्कीले चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन स्पष्ट निर्देशन दिनुभयो । साथै सबै पक्षलाई संयम र लोकतान्त्रिक संस्कारको पालना गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?