दार्चुला । बैतडीमा अर्का एक निर्वाचन प्रहरीको पनि मृत्यु भएको छ । यससँगै बैतडीमा हालसम्म मृत्यु भएका निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ ।

पछिल्लोपटक सोमबार मेलौली नगरपालिका वडा नम्बर ६, का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत हुनुहुन्थ्यो। सोमबार साँझ ड्युटी सकेर घर फर्किएका भट्ट घरमै एक्कासी बेहोस हुनुभएको थियो ।

बेहोस भएपछि उहाँलाई उपचारका लागि एम्बुलेन्स मार्फत मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा स्वास्थ्य केन्द्र पुर्‍याउँदा चिकित्सकले मध्यराति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बैतडीमा यसअघि दुई निर्वाचन प्रहरीको मृत्यु भएको थियो । यही फागुन ८ गते दशरथचन्द नगरपालिका वडा नम्बर ४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको थियो । वडपनि घरमै अचेत भएर ढल्नुभएको थियो।

गत माघ २० गते दशरथचन्द नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय प्रकाश चन्दको तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?