मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने

दार्चुला । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल सुरु गर्नुभएको छ ।

सो कार्यालयको कार्यभार सम्हालेलगत्तै उहाँले मुख्य सचिव शङ्करदास वैरागी र सचिवसंँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल सुुरु गर्नुुभएको हो । उहाँले प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न समेत निर्देशन दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीको अभ्यास नेपालमा पहिलो पटक व्यवस्थित ढङ्गले गर्न थालिएको बताउदै, उहाँले “योआफ्नो लागी नयाँ ठाउँ भएकोले कर्मचारीको सहयोगले नै यस कार्यालयबाट हुने कामलाई नयाँ उचाइमा पु¥याउन सकिने बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयको समन्वयलाई आफूले प्रभावकारी बनाउने बताउँदै नीति, योजना र जनशक्तिमा समस्या भएमा पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । छलफलमा मुख्य सचिव वैरागीले मुलुकमा सुशासन र सेवा प्रवाहमा नवीनता ल्याउने गरी काम गरिने बताउनु भयो ।

छलफलमा उपप्रधानमन्त्री पोखरेललाई पाँच महाशाखाका प्रमुखले कार्यालयको अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा सचिवद्वय यादवप्रसाद कोइराला, महेन्द्र गुरागाईँलगायतको सहभागिता थियो । बुधबार र बिहीबार पनि उपप्रधानमन्त्री पोखरेलले मन्त्रिपरिषद् कार्यालयका कर्मचारीबाट थप जानकारी लिने उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?