दार्चुला । सातै प्रदेशमा ठूला चुनावी सभाको तयारी गरिरहेको नेपाली कांग्रेस ले सुदूरपश्चिम प्रदेशमा भने तत्काल नगर्ने भएको छ । भोलि कर्णालीको सुर्खेत र लुम्बिनीको नेपालगन्ज मा चुनावी कार्यक्रम सम्बोधन गर्न सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका केन्द्रीय नेताहरू आउँदै छन् । उनीहरू भोलि नै सुदूरपश्चिम आउने तयारी गरिएको थियो । तर, देउवापक्ष उपस्थित नहुने सङ्केत पाएपछि अन्तिम समयमा उक्त आमसभा स्थगित गरिएको छ ।
शेरबहादुर देउवालाई पाखा लगाएर पछिल्लो समय कांग्रेसले गरिरहेको गतिविधिप्रति सुदूरपश्चिममा देउवा पक्षका नेताहरू सन्तुष्ट छैनन् । त्यसको प्रभाव कांग्रेसले भोलि गर्न खोजेको आमसभामा पनि देखिएको छ ।




