बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ६ मा अवस्थित गुरुकुल माध्यमिक विद्यालय सेराको ८१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सोमबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष महेन्द्र सिंह कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयको शैक्षिक, सामाजिक तथा सांस्कृतिक योगदानलाई स्मरण गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण सिंह धामीले गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयको आयव्यय ६७ लाख ९ हजार २५७ रुपैयाँ ५१ पैसा रहेको छ ।

वार्षिकोत्सवका अवसरमा दनपा–०६ सेरा निवासी मोहन जोशीले आफ्ना स्वर्गीय भाइ भुपेन्द्र जोशीको ११औँ पुण्यतिथिको सम्झनामा बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत ६० जना छात्र–छात्रालाई कपडा वितरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक धामीले बताउनुभयो । सो कार्यकोलागि विद्यालय परिवारले उहाँप्रति कृतज्ञता ज्ञापन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको विद्यालय सा्रेतलाई उद्धृत गर्दै दोगडाकेदारबाट लोकदर्पण संवाददाता सुरज महराले खबर पठाउनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?