फागुन १८ रातिदेखि चुनावी प्रचार बन्द, २० गते मध्यरातदेखि सवारीसाधन चलाउन नपाइने !

दार्चुला । निर्वाचन आयोगले फागुन १८ गते ९सोमबार० राति १२स्०० बजेदेखि चुनावी प्रचारप्रसार पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। सो अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगले गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिन सरकारसँग आग्रह गरेको जनाएको छ।

आयोगका अनुसार फागुन २० गते राति १२स्०० बजेदेखि फागुन २१ गते साँझ ९मतदान सम्पन्न नभएसम्म० अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।

जिल्ला आचारसंहिता अनुगमन समितिलाई परिचालन गरी निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिन र उल्लङ्घन भए कानुनअनुसार कारबाही गर्न आयोगले अनुरोध गरेको छ।

निषेध अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका सवारी, सुरक्षा निकायका सवारी साधन, विद्युत्, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतमा प्रयोग हुने सवारी, कूटनीतिक नियोगका सवारी तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारी साधन सञ्चालन गर्न अनुमति दिइनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?