दार्चुला । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भई देशमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले चुनाव सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आममतदाता, कर्मचारी र सम्बद्ध सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।




